१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाली फुटबलर राजेश परियार भारतको बी डिभिजनको आईलिगका लागि अनुबन्धित


३१ भदाै, काठमाडाैँ । नेपाली फुटबलर राजेश परियार भारतको बी डिभिजनको आईलिगका लागि अनुबन्धित भएका छन । नेपाली २३ वर्ष मुनिको टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट बी डिभिजन आईलिग खेल्ने भएका हुन् ।

राजेशले भारतको ‘एआरए एफसी’ अहमदाबादबाट खेल्ने भएका हुन् । भारतको बी डिभिजनको आईलिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले सामाजिक सञ्जालबाट आफू अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् । उनले प्रतियोगिताका लागि भोली भारत जाने बताएका छन् ।

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले गएको सिजन न्यूरोड टिम एनआरटीबाट ‘ए’ डिभिजन लिग खेलेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १०:२०