१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रपति रनिङ शिल्ड सुर्खेतकाे हातमा


२२ जेठ, सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही जेठ १९–२१ गतेसम्म सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ ।

उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन् । भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ । उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताए । भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको रनिङ शिल्डमा सबै खेल विधाको कूल अंकलाई जोड्दा सुर्खेत प्रथम आएको संयोजक सिंहले जानकारी दिए ।

खेलमा प्रथम, द्वितीय र तृतीय आउने जिल्लालाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रनिङ शिल्डमा उत्कृष्ट खेल देखाउने विभिन्न खेल विधाबाट ८४ खेलाडीलाई यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलका लागि छनोट गरिएको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए ।

उनका अनुसार खेलमा भाग लिएका कर्णाली प्रदेशका १० जिल्लाका ८४० जना खेलाडीले ३०४ पदकमा प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ११:२७