७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्वयंसेवक दस्ता परिचालनः नारायणकाजी श्रेष्ठको मञ्च बिनाको नाटक !


अनुजकुमार श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका पार्टीको प्रचार विभागका प्रमुख नारायणकाजी श्रेष्ठ झट्ट हेर्दा इमान्दार देखिने नेता हुन । तर उनको पछिल्लो गतिबिधिले उनी गुटबन्दी र सीमित स्वार्थका लागि के के काम गर्छन भन्ने छरपस्ट भैरहेको छ ।

आन्तरिक विवादले अवरुद्ध भएका एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिने दुवै अध्यक्ष तयार हुनुभएको छ । पार्टी एकीकरणलाई सहज बनाउन केन्द्रीय तहबाट गर्नैपर्ने काम केन्द्रीय सचिवालयले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।

पछिल्लो पटक पार्टी भित्र सरकारविरोधी गुटबन्दीमा कडा रूपमा लागेका हुन । केही दिनयता राज्यले यत्रो शक्ति लगाएर गरिरहेको कोरोना रोकथाम र नियन्त्रणको काममा सचिवालय अन्तर्गत स्वयंसेवक परिचालन गर्ने निर्णय गरेर चर्चा र विवादमा छन ।

सञ्चार माध्यका लागि सेलेबल उनी समय समयमा चर्चाका लागि अनेक काम गरिरहेका हुन्छन । गोरखामा डा बाबुराम भट्टराइसँग प्रतिनिधिसभाको निर्वाचनमै मजैले पराजित भएका श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भए । अहिले उनी पनि मन्त्री बन्ने तयारीमा रहेका छन । पटक पटक आफ्नो कोटामा गिरीराजमणि पोखरेललाइ मन्त्री बनाएका श्रेष्ठ यसपटक आफैँ मन्त्री बन्ने तयारी गरिरहेका छन । त्यसका लागि उनीहरूले मिडिया ट्रयाल समेत गरिरहेका छन ।

संविधानले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति प्रतिनिधिसभाको त्यसकार्यकालभर मन्त्री बन्न अयोग्य हुने भेर प्रस्ट व्यवस्था गरेको छ । यद्यपी मन्त्री बन्नका लागि उनको प्रयत्नहरू जारी रहेका छन । जिम्मेवारी भन्दा बाहिर गएर अभिव्यक्ति दिनेदेखि कोभिड स्वयंसेकवका नाममा समूह गठन गर्नेसम्मका उनका कामले अस्वभाविक गतिबिधि हो भनेर भन्न कुनै हिचकिचावट मान्नुपर्ने अवस्था छैन।

पहिलो कुरा त श्रेष्ठले प्रवक्ताको गरिमा राख्न नसकेको कुरा पार्टी भित्रै चर्को रूपमा उठेको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागिएको छ भनेर पटक पटक मिडियालाइ फोन गरेरै समाचार दिने उनी पछि राजिनामाको विषय कुनै आधिकारि हैन भन्दै भाषण गर्दै गरे । यसले उनी कुनै गुटको प्रवक्ता र कि पार्टीको भनेर प्रश्नको वर्षा पनि भयो ।

पार्टीकै स्थायी कमिटीका सदस्यहरूले समेत नारायणकाजीले आफ्नो औकात भन्दा माथि गएर बोलेको कुरा सार्वजनिक रूपमै प्रचारमा आए । सत्तारूढ पार्टीको सचिवलय सदस्य समेत रहेका पार्टी जिम्मेवार नेता श्रेष्ठले केही दिनअघि सचिवलाय अन्तर्गत भन्दै कोभिड स्वयंसेवक परिचालन गर्ने निर्णय गरेर लामो सूचीसहित प्रचार गरे । राज्य सञ्चालनमा नीतिगत सुधारका निम्ति साथ दिनुपर्ने श्रेष्ठले सस्तो लोकप्रियताका लागि किन यस्तो गरिरहेका छन रु गम्भीर प्रश्न उठेको छ ।

श्रेष्ठको यस्तो कच्चा र अव्यवहारिक गतिबिधिप्रति नेकपाकको केन्द्रीय सदस्य रहेका प्रचार विभागका उपप्रमुख सूर्य थापाले पनि प्रश्न उठाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका उपप्रमुख थापाले संगति र सरोकार नभएको विषयमा श्रेष्ठले  ‘… अहिले आए आाँसुजस्तो गरी निजी हिसाबमा ! स्वयंसेवा दस्ता परिचालनको घोषणा  गरेको प्रतिक्रिया दिएका छन ।

थापाले श्रेष्ठको यस्तो रवैमा टिप्पणी गर्दै भनेका छन ‘पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहीकतै पनि नभएको अवस्थामा किन यस्तो रूची बढेको होला ? अब यसमा एकाएक किन रुचि बढेको होला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्यो पनि आफ्नो सचिवालय अन्तर्गत व्यक्तिगत निर्णयबाट ? ’ ६ महिनासम्म स्वयंसेवको कुनै आवश्यकता नदेखेका उनले ६ महिनापछि किन देखे ? बिधिको कुरा गर्ने व्यक्ति हिरो बन्नुपर्ने श्रेष्ठको पुरानै प्रवृति हो यो पनि उनको त्यसैको पुनरावृत्ति हो भन्नेमा मलाइ मात्रै होइन अरूलाइ पनि शंका नहोला ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १७:३६