११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीलाई थप उपचारका लागि काठमाडाैँ ल्याइयो


२९ भदाै, काठमाडाैँ । मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडाैँ ल्याइएको छ ।

आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका भण्डारीलाई थप उपचारको लागि सिम्रिक एअरको हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

कप्तान मल्लले भण्डारीको सहयोगका लागि खेलाडीले साथ दिने बताएका छन् । साथै उनले उपचारका लागि थप सहयोग गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । ललितको उपचारका लागि नेपाल क्रिकेट सङ्घले समन्वय र सहयोग गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १९:१०