४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

दाउरा प्रहार बाट एक जनाको मृत्यू


१३ फागुन, रुकुम । पश्चिम रुकुममा ४३वर्षका खलवीर डाँगीले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् ।
त्रिवेणी गाउँपालिकाका ५५ वर्षिय टीकाराम ओलीको हत्या भएकोे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिए । दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आईतवार १८:३८