१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नुवाकोटमा कुहिएको औषधि बाँडेपछि सयौँ नागरिक सडकमा, गल्ती लुकाउन औषधि जलाइयो


२५ भदाै, नुवाकोट । नुवाकोटको म्यागङ्ग गाउँपालिकामा कुहिएको औषधि बाँडेपछि सयौँ नागरिक सडकमा निस्किएका छन । नेपाली कांग्रेस नेतृत्वको सरकारले ज्यादति गरेको भन्दै सयौ नागरिक नारा जुलुशसहित बिहीबार सडकमा उत्रिएको स्थानीय राम तामाङले दैनिकीलाइ जानकारी दिए । उनका अनुसार देउराली प्राथमिक स्वास्थ्य केन्द्रमै स्टोर गर्नुपर्ने औषधि कांग्रेस कार्यकर्ताको घरमा लगेर भण्डारण गरिएको छ ।

गाउँपालिकाले टेण्डर गरेर किनेको औषधि नेपाली कांग्रेसक एक जना कार्यकर्तालाइ भाडा खुवाउन उसैको घरमा स्टोर गरेर राखेको र कुहिएपछि स्थानीयले आवाज उठाउँदा रातारात गाउँपालिकाका प्रमुख आशा तामाङ्ले नै निर्देशन गरेर कुहिएको औषधमा आगो लगाएको उनले बताए ।

औषधि कुहिएको विषय बाहिर ल्याएको भन्दै गाउँपालिका प्रमुखसहित दुइ दशकदेखि काम गरिरहेकी एक कर्मचारीलाइ बर्खास्त गर्न खोजेपछि बिहीबार नागरिकहरू कोरोनाको प्रवाह नगरी जुलुशसहित सडकमा निस्किएको स्थानीय काजीमान डंगोलले जानकारी दिए । उनले कांग्रेसको नेतृत्वमा गाउँमा लुट चलिरहेको भन्दै कसैले पनि यस विषमाय सरोकार नदेखाएको भन्दै रोष प्रकट गरे । स्थानीय प्रदर्शनमा निस्किएपछि गाउँपालिकाका पदाधिकारी भने बुर्कुसी मारेर भागेका छन।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १८:१६