१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटकाे बेलकोटगढीमा अवैध रुपमा बालुवा उत्खनन् गर्ने ११ सवारी साधन नियन्त्रणमा


२५ भदौ, नुवाकोट । नुवाकोटकाे बेलकोटगढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।


स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएकाे जानकारी पाएपछि  जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुमरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १३:००