१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतकी पहिलो ‘महिला सुपरस्टार’ श्रीदेवीको हृदयघातका कारण निधन


१३ फागुन, काठमाडौँ । चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले उल्लेख गरेका छन ।

सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।

उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

श्रीदेवीलाई भारतकी पहिलो ‘महिला सुपरस्टार’ का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७४, आईतवार ०८:३९