१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

‘तस्करहरूको स्वर्ग बनिरहेको छ नुवाकोट, सचेत युवा मुखमा सुपर ग्लु लगाएर नबस’


२३ भदाै, नुवाकोट । अनेरास्ववियू नुवाकोटका नेता प्रशान्तजंग पाण्डेले नुवाकोट जिल्ला तस्करहरूका लागि स्वर्ग बनिरहेको बताएका छन । जिल्लामा पछिल्लो समय बालुवा र गिटीको नाममा तस्करी बढीरहेको सन्दर्भमा युवाहरूलाइ सकारात्मक कदमका लागि उठ्न अपिल गर्दै नेता पाण्डेले जिल्ला तस्करका लागि स्वर्ग भूमि बनेको बताएका छन ।

उनले नेताहरूले नै बालुवा खान थालेको र प्रहरी र प्रशासन विभिन्न दस्तुर कर उठाउने काममा भुलेको भन्दै कसले कसरी प्रकृतिको संरक्षण गर्ने भन्दै प्रश्न गरेका छन । उनले सचेत युवाहरू जाग्नुपर्ने भन्दै मुखमा ‘सुपर ग्लु’ लगाएर नबस्नन अनुरोध गरेका छन ।

अनेरास्ववियू नेता पाण्डेले भोलिको पुस्तका लागि भए पनि हामीले बोल्नुपर्ने अवस्था आएको बताएका छन । उनले प्राकृति स्रोत र साधनको तस्करी गरेर दोहन गर्नेलाइ चिनौँ भन्दै प्रकृतिको संरक्षणमा सबै जुटेर नयाँ खालको बहसमा युवा पुस्ताले सहभागिता जनाउनुपर्ने बताएका छन ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार २०:४३