११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएका बाबुरामको एक लज्जास्पद टिप्पणी !


-सूर्य थापा 

सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशकाे प्रधानमन्त्री भइसकेकाे सम्मानित व्यक्ति हाे कि गाली शिराेमणि ? यस ट्वीटमा प्रयाेग गरेका केही भाषा, गालीगलाेज र सन्तुलन गुमाएकाेजस्ताे अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?

विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामकाे पक्षपाेषण महाशयले कहिले गर्नुभएको थियाे र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गाेहीका आँसु झारेजस्ताे गर्नु र रूवाबासीकाे नक्कली नाटक प्रदर्शन गर्नु ? अरूकाे सम्मान नगर्नेले लाेकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसकाे अपेक्षा गर्नु ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसाे भन्न सक्नुहन्छ ?- “ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !” केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गाेलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङकाे ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनकाे साेझाे मात्रै ?


जबकि “विप्पा संझाैता गरेर जुवा खेलें” भन्ने तपाईकाे आफ्नै कार्यशैली संझिनुस त ! कस्ताे थियाे, प्रधानमन्त्री हुँदा – जुवाडे भन्न अरूले पर्छ र ? जबकि न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?

जबकि तपाईं र तपाईंकी श्रीमतीकाे सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माओवाद” लाई पनि धरधरी रूवाएकाे हाेइन र ? तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि ? यस्ताे बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएकाे हाे ?

तपाईंहरूकाे तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसाे हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ? तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसकाे रिमाेट संचालन/सनकमा यतिसम्म लेख्न सक्नुभएकाे हाे ? “डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन। २/३निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु !”

तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्ताे लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस । बहिदार बन्न सजिलाे छ, बही बुझाउन गा-हाे भनेकाे संभवत: तपाईंको जस्तै हविगत हुँदा भनिएकाे हाेला ! पूर्व प्रधानमन्त्री पदकाे गरिमा र सम्मानकाे यसरी आफैले खिल्ली उडाएकाे त जगहँसाइ नै भयाे, महाेदय !!!!!

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १०:१६