१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वर्ड स्टोनमात्र हैन अबैध रूपमा चलेका नुवाकोटका सबै क्रसर बन्द हुन्छनः प्रजिअ ढकाल


२१ भदाै, नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबैध रूपमा सञ्चालनमा रहेका जिल्लाका सबै क्रसर बन्द हुने बताएका छन । दैनिकीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले वर्ड स्टोनको उजुरी पनि आएको र त्यसमा अनुसन्धान भैरहेको जानकारी दिँदै अबैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द हुने जानकारी दिए ।

ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर  । अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।’

प्रमुख जिल्ला अधिकारी ढकाल ।

नुवाकोट जिल्लाको दुइ नगरपालिका बेलकोटगढी र विदुर एवं लिखु र पञ्चकन्या गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।

पछिल्लो समय जिल्लाको विदुर नगरपालिकाको वडा नम्बर ५ का स्थानीयले सर्वोच्चको आदेशविपरित चलिरहेको वर्ड स्टोन क्रसर बन्द गराउन प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका थिए । उनीहरूले सर्वोच्च आदेश विपरित नदीजन्य पदार्थको उत्खनन् भैरहेको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष कारबाहीका लागि निवेदन दिएका हुन ।

स्थानियबासीहरुले वि.स. २०७५/०३/२५ गतेको सर्वोत्त अदालतको आदेश विपरित क्रसर सञ्चालन भएको भन्दै राजकुमार राईसहित ८८ जनाले कारबाहीको माग गरेका छन । सर्वोच्च अदालतको आदेश विपरित बर्ड स्टोन सञ्चालनका लागि नेकपाका नेता समेत रहेका विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले भूमिका खेलेको स्थानीयले बताएका छन । सर्वोच्च आदेश लत्याउदै मेयर पण्डितले क्रसर सञ्चालनका लागि सहजिकरण गरिदिएको क्रसरका सञ्चालकहरूले बताएका छन ।

क्रसरको सञ्चालकमा भूकम्प पीडितको जस्ता बेच्न खोजेको आरोप लागेका कांग्रेस नेता रमेश महत, नेकपाका नेता समेत रहेका सञ्जिव श्रेष्ठ, नेकपाकै अर्का नेता राजाराम अधिकारी लगायत रहेका छन । सर्वोच्चको आदेश विपरित क्रसर सञ्चालनका लागि सञ्जिव श्रेष्ठले मेयर पण्डितसँग सेटिङ मिलाएको अन्य सञ्चालकहरू बताउँछन ।

तस्बीरमा क्रसरका सञ्चालकहरू रमेशकुमार महत, राजाराम अधिकारी, सञ्जिव श्रेष्ठ र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित ।

स्थानियबासीले २०५०/०१/१६ गते पिपलटारमा दर्ता भइ सञ्चालनमा आएको वर्ड स्टोन क्रसर विना इजाजत गङगटे भञ्याङ तल तादी खोलामा संचालनमा रहेको सो वडाका वडा अध्यक्षले बताए । स्थानीयले यसअघि पनि नगरपालिकाको नितृत्वलाइ यसका विषयमा पटक पटक ध्यनाकर्षण गराए पनि उनीहरूको मागको सुनुवाइ भएको छैन ।

उजुरीकर्ताहरूले नगरपालिकाले सर्वोच्चको आदेशविपरित कहिले भुकम्पपिडित त कहिले सडक आयोजनाको नाममा खोला दोहन गरेको बताएका छन । घरेलु तथा साना उद्योग विकास समितिका नुवाकोटका अनुसार २०७३ असार मसान्तपछि नुवाकोटका कुनैपनि क्रसर उद्योग नविकरण भएका छैनन् ।

नुवाकोटमा नेकपा र कांग्रेसका नेताहरूको संलग्नतामा विगतदेखि नै नदीको दोहन हुँदै आएको छ । करिब ९० प्रतिशत क्रसर नेपाली कांग्रेसका नेता कार्यकर्ताको संलग्नतामा चलिरहेको छ । तर अदालको आदेश समेत जनप्रतिनिधिको मिलेमतोमा धोती लगाउन उनीहरू उद्धत देखिएका छन । वहालवाल केही सांसदहरूले समेत क्रसरबाट हप्ते उठाउने गरेको उजुरीकर्ताहरूले गुनासो गरेका छन । यद्यपी जिल्ला प्रशासन कार्यालयले निष्पक्ष छानविन गरेर कारबाही अघि बढाउने विश्वास स्थानीयले गरेका छन ।

यो पनि पढ्नुहोस्

नुवाकोटका खोला तस्करको कब्जामा, जनप्रतिनिधिको सेटिङमा सर्वोच्चको आदेश धोति लगाए

प्रकाशित मिति : २१ भाद्र २०७७, आईतवार १६:४४