१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

महिला फुटबलको प्रशिक्षकमा हरि खड्का


२१ जेठ, काठमाडौँ । महिला फुटबल टिमको प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन । अखिल नेपाल फुटबल सँघ एन्फाले खड्कालाई महिला टिमको प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

आगामी डिसेम्बरमा हुने दक्षिण एसियाली महिला फुटबल ‘साफ वुमेन्स च्याम्पियन्सीप’ का लागि खड्कालाई महिला राष्ट्रिय टिमको जिम्मा दिइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताएका छन ।

त्यस्तै, पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । आगामी अगष्टमा हुने एसियाली च्याम्पियन्ससीप र सेप्टेम्बरमा हुने साफ च्याम्पियन्ससीप सम्मका लागि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १०:२४