१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोट गोल्डकपमा अाज थ्री स्टार र मदनभण्डारी स्पाेर्टस एकेडेमी प्रतिस्पर्धा गर्दै


२१ जेठ, नुवाकोट । प्रथम नुवाकोट गोल्डकपको क्वार्टरफाइनलको अर्को खेलमा अाज सोमबार थ्री स्टार र मदनभण्डारी स्पाेर्टस एकेडेमी प्रतिस्पर्धा गर्दैछन । दिउँसो ३ः३० बजे बट्टारामा रहेको  खेलमैदानमा प्रतियोगिता सुरू हुने अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।

यअघि हिजो भएको खेलमा कास्की ११ सेमिफाइनलमा पुगेको छ ।  क्वार्टरफाइनलको खेलमा सशस्त्र प्रहरीको विभागिए टोली एपिफलार्इ १–० गोल अन्तरले पराजित गर्दै कास्की ११ सेमिफाइनलमा प्रवेश गरेको हो । ८ नम्बर जर्सीका खेलाडी मानबहादुर तमाङले गरेको गोल नै कास्कीको विजयका लागि निर्णायक बन्यो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०७:५०