१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छः प्रवक्ता शर्मा


१९ जेठ, दाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना कार्यक्रममा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।
काँग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्ने प्रवक्ता शर्माले बताए ।

काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको उल्लेख गरेका छन् ।
“काँग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पु¥याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ”, युवा नेता शर्माले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १६:११