६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

राजा वीरेन्द्रको वंश विनास भएको आज १७ वर्ष पूरा


१९ जेठ, काठमाडौं । २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको आज १७ वर्ष पूरा भएको छ ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्य मयनै छ ।राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि राजपरिवारको वंश नाश भएको जेठ १९ को कालो दिनलाई कुनै नेपालीले भुल्न सकेका छैनन् ।

राजा वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । नेपालका राजनीतिक दलहरुले २०६२÷६३ मा दोस्रो जनआन्दोलन चर्काए र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । नेपालको इतिहासमा ज्ञानेन्द्र शाह अन्तिम राजा बने ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार १०:१५