१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सामाजिक न्यायसहितको समृद्ध प्रदेश सरकारको मूल लक्ष्यः नेता शर्मा


१८ जेठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश निर्माण मूल लक्ष्य रहेको बताएका छन् ।

कर्णाली प्रदेश सरकारद्वारा आयोजित आव ०७५÷०७६ को नीति तथा कार्यक्रम तयारीको छलफल कार्यक्रममा नेता शर्माले भने, “सापेक्षिकरुपमा पछि परेका जिल्ला, क्षेत्र तथा समुदायका नागरिकलाई प्राथमिकता राख्ने नीति तयार गर्नुस् ।”

नेता शर्माले जनआकांक्षा, आवश्यकता र आवाजमा आधारित वैज्ञानिक योजना बनाएर प्रदेशलाई १० वर्षमा सबैभन्दा धनी प्रदेश बनाउन आग्रह गरे ।

उनले कर्णाली प्रदेशमा लोक सेवाबाट नभई करार सेवाबाट कर्मचारी भर्ना गर्ने र कामका आधारमा ज्याला दिने बताए ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहिलो आवश्यकता सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २३:०९