१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मात्र सिद्धान्तले जिन्दगी चल्छ र ?


-शम्भु गजुरेल

मात्र सिद्धान्तले जिन्दगी चल्छ र ?
तातो पानी छरे घर कतै जल्छ र ?

शैलको कोखमा घाउ पारे पनि
वाजको लातले टाकुरो ढल्छ र ?

क्रोधको तेजले ज्योति जागेपनी
तालको माँझमा के धुनी बल्छ र ?

स्वर्णको चाङमा शानको भेल छ
मात्र पाषाणमा धान नै फल्छ र ?

भाव हो प्रेम यो भन्छ आत्मा भने
ध्वस्त पारेर माया कहाँ गल्छ र ?

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार ११:१८