१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

खेलाडीको मनोबल उच्च राख्ने योजना ल्याउँछौँः मन्त्री विश्वकर्मा


१८ जेठ, कास्की । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकारले खेलकूदको विकासका लागि आवश्यक भौतिक संरचना निर्माणका साथै खेलाडीको मनोबल उच्च राख्ने खालका योजना ल्याउने तयारीमा जुटेको बताएका छन् ।

 

नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस अवार्ड कार्यक्रममा बोग्दै उनले मुलुकको समृद्धिका लागि खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताए ।

सो अवसरमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी घोषित भई अमाचे मोटरसाइकल र विगो स्कुटर प्राप्त गरेका छन् ।

यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रा डा वीरेन्द्रसिंह गुरुङ, खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोख्रेल सम्मानित भएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २२:३८