१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ओली सरकारमा दुई उपप्रधानमन्त्री, गोकुल बाँस्कोटा मन्त्रीमा बढुवा


१८ जेठ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा दुइजना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।


रक्षामन्त्री इश्वर पोखरेल र समाजवादी फोरम नेपालबाट स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव उपप्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
यसैगरी सञ्चार तथा सूचना राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रीमा बढुवा भएका छन् ।

आजै शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार २०:४१