१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पुनर्निर्माणको काम छाडेर कार्यालयमै चेस खेल्ने नुवाकोटका इन्जिनियर छड्केमा (भिडियोसहित)


१८ जेठ, नुवाकोट । पुनर्निर्माणको काम छाडेर कार्यालयमै चेस खेल्ने नुवाकोटका इन्जिनियर सांसदको छड्केमा परेका छन । बिहीबार कार्यालय समयमै चेस खेलिरहेका इन्जिनियर सांसदको छड्केमा परेका हुन । एक जना सरकारी कर्मचारीसहित इन्जिनियरहरु कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा भेटिएका हुन ।

विनाशकारी भुकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी रहेको सरकारी कार्यालय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा सांसद नारायणप्रसाद खतिवडा र पत्रकारको टोलीले छड्के अनुगमन गर्दा सरकारी कर्मचारी कार्यकक्षमै चेस खेलिरहेको अवस्थामा फेला परेका हुन । कार्यालयका सब–इन्जिनियर आभाष पौडेलसहित तीनजना चेस खेलिरहेको अवस्थामा फेला परेको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।

बाहिर सरकारी कर्मचारी र निकायको ढिलासुस्तीका कारण निर्माण थालेका र सम्पन्न गरिसकेका लाभग्राहीहरु आफ्नो काम नभएको गुनासो गरिरहेका थिए तर भित्र भने कर्मचारी र इन्जिनियर चेसमा रमाइरहेका थिए ।

हेर्नुहोस भिडियो  (भिडियो साैजन्य टिभी त्रिशुली)

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १५:२५