१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दैवी प्रकोप उद्धार समन्वय समिति कलैयाद्वारा बाढीपीडितलाई राहत वितरण


१८ जेठ,कलैया । जिल्ला दैवी प्रकोप उद्धार समन्वय समिति बाराले बाढीपीडितलाई रु दुई करोड २९ लाख ५० हजार राहत वितरण गरेको छ ।

बाढीबाट अंगभंग भएका, घाइते भएका, विस्थापित भएका र मृत्युसमेत भएकाहरुलाई सो रकम वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४÷७५ साल भदौ महिनामा परेको अविरल वर्षासँगै आएको विनाशकारी बाढीबाट जिल्लाका विभिन्न ठाउँमा करीब एक हजार २११ घरधुरीभन्दा बढी प्रभावित भएका थिए । उक्त बाढीमा परी दुईजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी केशरीले भन्नुभयो ।

राहत स्वरुप सरकारले रु तीन करोड छ लाख ७५ हजार उपलब्ध गराएकोमा जिल्लाभरिमा ९०२ घरधुरीलाई रु २५ हजारका दरले रु दुई करोड २५ लाख ५० हजार प्रदान गरिएको हो । त्यसैगरी मृतकलाई रु दुई लाखको दरले रु चार लाख परिवारका सदस्यलाई प्रदान गरेको थियो ।

राहत लिन बाँकी रहेका ३०९ जनालाई आव २०७५÷७६ को असार मसान्तसम्म रु ७७ लाख २५ हजार प्रदान गरिसक्ने सहायक प्रमुख जिल्ला अधिकारी केशरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १५:१६