१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पर्यटन गन्तव्यको सदुपयोगमा एमाले महासचिव पोखरेलको जोड


११ फागुन, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्ने बताएका छन ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पोखरेलले अब सरकारको ध्यान पर्यटन विकासमा जाने स्पष्ट गरे । कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन व्यवसायमा देखिएका समस्या निराकरण गरी अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नाट्टाका अध्यक्ष सिएन पाण्डेले ५० लाख पर्यटक भित्र्याउनका लागि सबै स्टेकहाेल्डरले अाफ्नो तर्फबाट योजनावद्ध ढंगले योजना बनाइ काम गर्नुपर्नेमा जोड दिए । संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन व्यवसाय फस्टाउनका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार २१:५९