६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेकपाकी सचेतक शान्ता चौधरी अंग्रेजी भाषा सिक्दै


१८ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरीले अंग्रेजी भाषा सिक्न सुरु गरेकी छिन । पढ्न, लेख्न र सिक्न केही कुराको पनि सीमा हुँदैन भन्ने मान्यता बोकेकी सचेतक चौधरी बसुन्धाराको पोर्टफोलियो एजुकेशन इन्सटिच्युटमा भर्ना भएकी छिन ।

चौधरीले आफ्नो अंग्रेजी भाषालाई राम्रो बनाउन कक्षा सुरु गरेको बताएकी छिन । शुक्रबार बिहान आफ्नो फेसबुक पोस्ट मार्फत उनले सिक्न मनहुनेलाई आउन आग्रह समेत गरेकी थिइन ।

यसअघि तत्कालीन नेकपा एमालेको संसदीय दलको सचेतक रहेकी चौधरी पार्टी एकीकरण पछि बनेको नेकपाको पनि सचेतकमा केहीदिन अघिमात्र चयन भएकी थिइन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १२:४३