१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रथम नुवाकोट गोल्डकपः अाज काठमाडाैँ ११ र कास्की ११ ले प्रतिस्पर्धा गर्दै


१८ जेठ, नुवाकोट। बिहीबारबाट सुरू भएको प्रथम नुवाकोट गोल्डकप प्रतियोगिताको अाजको खेलमा समूह बी का काठमाडाैँ ११ र कास्की ११ ले प्रतिस्पर्धा  गर्दैछन । दिउँसाे ३ः३० बजे बट्टार रंगशालामा खेल सुरू हुने अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।

यसअघि हिजो अायोजक नुवाकोट ११ ले विजयी सुरूवात गरेको छ । उद्घाटन खेलमा चितवन ११ सँग प्रतिस्पर्धा गरेको नुवाकोटले १–० ले  विजय हाँसिल गर्यो । नुवाकाेट ११ का लागि उचित लामाकाे गोल नै निर्णायक बन्यो । उनी जर्सी नम्बर १८ का खेलाडी हुन ।

खेलमा अाजको म्यान अफ दि म्याच नुवाकोट ११ का अमिर श्रेष्ठ घोषित भए ।  उनले नगद १० हजार सहित ट्रफी समेत पाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ०७:५०