१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

घोषणाको एक महिना पनि नबित्दै नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तनका लागि निवेदन


१७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नाम परिवर्तनका लागि निर्वाचन आयोगमा निवेदन दिने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगको अग्रह अनुरुपमै नाम परिवर्तनका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेको हो ।

फाइल फोटो ।

नेपाल कम्युनष्टि पार्टी नामको दल यसअघि नै आयोगमा दर्तामा रहेका कारण नाम परिवर्तनका लागि आग्रह गरिएको थियो । अब नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा) थप्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार ११:३४