१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको प्रमुख सचेतकमा देव गुरूङ


१६ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको प्रमुख सचेतकमा पूर्व कानुनमन्त्री देवप्रसाद गुरूङ चयन भएका छन् । नेकपा संसदीय दलको आज बसेको बैठकले पूर्व कानुनमन्त्री नेम्वाङलाई गुरूङलार्इ प्रमुख सचेतकमा चयन गरेको हो ।

गुरूङलाई प्रमुख सचेतक बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । गुरूङ यसअघि तत्कालीन नेकपा माअोवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतक रहेका थिए ।

यो पनि पढ्नुहोस्

–नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

–नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको सचेतकमा शान्ता चाैधरी

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १८:४०