१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ


१६ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन भएका छन् । नेकपा संसदीय दलको आज बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।

नेम्वाङलाई उपनेता बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । अोलीका विश्वासपात्र नेम्वाङ यसअघि दुर्इ पटक एमालेको संसदीय दलको उपनेता रहेका थिए ।

यो पनि पढ्नुहोस्

–नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको प्रमुख सचेतकमा देव गुरूङ

–नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको सचेतकमा शान्ता चाैधरी

 

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १८:४९