१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको सचेतकमा शान्ता चाैधरी


१६ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको सचेतकमा सांसद शान्ता चौधरी चयन भएकी छिन । नेकपा संसदीय दलको आज बसेको बैठकले नेकपा एमालेकी तत्काली सचेतक, संसदको प्राकृति स्रोत तथा साधान समितिको पूर्व सभापति समेत रहेकी चौधरीलाई दलको सचेतक चयन गरेको हो ।

चौधरीलाई सचेतक बनाउन दलको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष एवम् संसदीय दलको नेता केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । चाैधरी नेकपाको केन्द्रीय सदस्य समेत हुन ।

याे पनि पढ्नुहोस्

–नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

–नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको प्रमुख सचेतकमा देव गुरूङ

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १८:२२