१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सामान्य अंकले घट्याे सेयर बजार, १ अर्ब २७ करोडकाे काराेबार


२७ साउन, काठमाडाैँ । आज शेयर बजार सामान्य अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.६१ अंकले घटेर १ हजार ४२३.८१ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर २९७.२७ मा पुगेको छ ।


कूल १९० वटा कम्पनीकाे ३६ लाख ३० हजार ८ सय ४५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २७ करोड १७ लाख ३८ हजार ९ सय १४ रुपैयाँको कारोबार भएकाे छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र बढेकाे छ ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै होटल समूहको सूचक ४३.२३ अंकले घटेको छ । यस्तै साधना लघुवित्त र अजोड इन्सुरेन्सको सेयर करिब १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मुल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले घटेकाे छ ।  खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अग्रस्थानमा रहेको छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा अजोड इन्सुरेन्स र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १५:५७