१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नारायणकाजीले आफ्नो औकात भन्दा माथि गएर बोल्नु भयोः मुख्य सल्लाहकार रिमाल (भिडियोसहित)


२७ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो औकात भन्दा माथि गएर बोलेको बताएका छन । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्य सल्लाहकार रिमालले प्रवक्ता श्रेष्ठले पदको गरिमा राख्न नसकेको बताए ।

सरकारविरूद्ध समाचार लेख्न प्रयोग भएका पत्रकार भेला गरेर श्रेष्ठले प्रधानमन्त्री र सरकारको विरूद्धमा वारपार गर्नेगरी लाग्नुपर्ने बताएका थिए । जुन विषयको अडियो यसअघि नै सार्वजनिक भैसकेको छ । सोही सन्दर्भमा पत्रकार धमलाले गरेको प्रश्नको जवाफ दिँदै मुख्य सल्लाहकार रिमालले पार्टीमा निर्णय भएको विषयभन्दा बाहिर गएर बोल्न प्रवक्तालाइ कुनै हक नहुने बताए ।

उनले प्रवक्ताले निर्णित कुरा भन्दा बाहिर गएर बोल्नु नमिल्ने भन्दै सरकार र प्रधानमन्त्रीले असंवैधानिक काम गर्यो भन्ने श्रेष्ठ स्वंयले प्रवक्ताको हैसियतले असंवैधानिक काम गरेको बताए । मुख्य सल्लाहकार रिमालले भने ‘कुन हिस्साको कुरा उहाँले बोल्ने ? बहुमत वा अल्पमत ? त्यो प्रश्न उठ्छ त्यसले बोल्न मिल्दैन । प्रवक्ताले त्यसरी बोल्नु भएको हो भने त्यो गलत बोल्नुभयो ।’

रिमालले अहिले नेकपा संवेदनशिल अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा पार्टी एकतामा चोट पुग्नेगरी कसैले पनि केही बोल्नै नमिलने बताए । रिमालको अन्तरवार्ता तलको लिंकमा गएर पूरै हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १६:०१