८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टिकटकमा भाइरल अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक


२५ साउन, काठमाडाैँ । टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजनरमिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत(संयोजन र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समय आएका तीज गीत भन्दा फरक गीतमा पछिल्लो समय टिकटकमा अत्याधिक रुचाइएकी अकेशा निकै आकर्षक देखिएकी छन् । उनी हेर्दा विदेशी जस्ती देखिन्छिन जसकारण आकर्षणको विन्दु बनेकी छिन् । अकेशा क्युट देखिएकी छन् भने अभिनय पनि त्यतिकै राम्रो रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १३:३८