७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बजेटमा पर्यटन क्षेत्रले प्राथमिकता पाउनु सकारात्मकः नाट्टा


१५ जेठ, काठमाडाैँ ।  नेपाल सरकारका तर्फबाट संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिइनुलाई सकारात्मक रुपमा लिइएको व्यवसायीहरूले बताएका छन । अर्थमन्त्री डा युवराज खतिवडाले पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धार्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवर्द्धन र सेवा सुविधा विस्तार गरिने बताएका छन । मन्त्री खतिवडाले आगामी दुई वर्षभित्रमा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२० अभियान’ सञ्चालन गरिने र पर्यटन क्षेत्रका लागिपाँच अर्ब २० करोड ३४ लाख बजेट विनियोजन गरेका छन ।

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउने पर्यटन सम्बद्ध क्षेत्रका प्रतिनिधिले सरकारले बजेटमा दिइएको पर्यटन क्षेत्रको प्राथमिकता उत्साहजनक भएको बताएका छन् । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा)का अध्यक्ष सिएन पाण्डेले नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटनलार्इ मानिएको खुशी व्ययक्त गरे । अध्यक्ष पाण्डेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण बजेटमा उल्लेख हुनुका साथै आएका पर्यटन सम्बद्ध विषयलाई सफलतापूर्वक कार्यान्वयन गरिनुपर्ने बताए ।

उनले भने  ‘बिमान स्थलहरुको निर्माणका लागि छुट्याईयको १९ अर्ब ३५ करोड स्वागत योग्य छ ! अन्य पर्यटन क्षेत्रको बिकाशमा बिनियोजन गरियको ५ अर्ब २० करोड ३४ लाख कम भय पनि सरकारको ध्यान पुगेकोमा खुशी मान्नुपर्छ ।’ अध्यक्ष पाण्डेले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको उल्लेख नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटकको आगमनलाई बढाउने र उनीहरूको बसाइँ लम्ब्याउनेतर्फ सरकारले दीर्घकालीन सोच ल्याउनुपर्ने बताए ।

 

नयाँ पर्यटकीयस्थल पहिचान गर्ने कुराले उत्साह

त्यस्तै राष्ट्रिय पर्यटन व्यवसायी संगठन र टानका पूर्व अध्यक्ष चन्द्र रिजालले अर्थमन्त्री प्रदेश र स्थानीय तहको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि मुलुकभरका कम्तीमा १०० वटा नयाँ पर्यटकीयस्थल पहिचान गरी विकास तथा प्रवर्द्धन गर्न बजेट छुट्याउनु राम्रो भएको प्रतिक्रिया दिए ।

उनले मौसममा मात्र सीमित रहेको पर्यटनलाई बाह्रैमास चलायमान गराइने सरकारको लक्ष्य  पनि राम्रो रहेको बताए । स्तरीय होटेल तथा रिसोर्ट लगायतका पर्यटकीय सेवाको लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले सहजीकरण गर्नुपर्ने बताउँदै रिजालले नेपाललाई माइस टुरिजम केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेकाे बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार २०:३०