१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नारायणकाजी श्रेष्ठलाई पार्टी एकता बिरोधी गतिबिधि नगर्न विष्णु रिमालको चेतावनी


२४ साउन, काठमाडाैँ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई नेताहरूलाई गुटवन्दीको आगोमा पोल्ने काम नगर्न सुझाव दिएका छन । सामाजिक सञ्जाल ट्वीटरमा डिएम गर्दै मुख्य सल्लाहकार रिमालले श्रेष्ठलाई पार्टी एकता बिरोधी गतिबिधि नगर्न चेतावनी दिएका हुन ।

रिमालले भनेका छन ‘नारायणकाजी जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!’

सरकारविरूद्ध समाचार लेख्ने काममा परिचालन गरेका पत्रकारहरूको भेला गरेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार ढाल्ने खेल्ने पदका लागि नभइ बिधिका लागि भएको भन्ने भ्रम जनतामा स्थापित गराउन अपिल गरेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग भेटवार्ता समेत स्थगित भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १४:३७