७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटको पिसिआर राजनीतिबारे सांसद मैनाली भने ‘सस्तो लोकप्रियताका लागि जे पनि नगरौँ’


२४ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटमा केही दिनयता पिसिआर राजनीतिले बजार तताएको छ । नेकपाका सांसद बद्री मैनालीले सस्तो लोकप्रियताका लागि जे पनि भन्ने काम नगर्न सुझाव दिएका छन । उनले प्रदेश सरकारले यसअघि नै पिसिआर ल्याब राख्नका लागि आवश्यक निर्णय गरिसकेको भन्दै जनप्रतिनिधिले सस्तो लोकप्रियतामा रमाउन नहुने बताए ।

सांसद मैनालीले नुवाकोटमा २ वटा ल्याब आवश्यक नभएको र एउटा ल्याब बन्ने निर्णय नै भैसकेको अवस्थामा अर्को ल्याबका लागि यति र उति पैसा दिन्छु भनेर दुनियाँ हसाउन नहुने बताए । उनले सांसदको सिफारिसमा योजना छनौट गर्ने पनि विधि र प्रक्रिया हुन्छन । नअहिले त्यसरी योजना छनौट गर्ने समय हो न त पैसा नै निकासा गर्नसकिन्छ भन्दै सस्तो राजनीति नगर्न अनुरोध गरेका छन ।

संघीय सांसद समेत रहेका नुवाकोटका पार्टी सचिव नारायण खतिवडाले पिसिआर मेसिन खरिदका लागि (४ करोड, १ करोड र ७६ लाख रूपैयाँ) रूपैयाँ दिने भन्दै प्रचार गराए । मेसिन खरिदका लागि दिने रकमको मूल्य पनि प्रचारकै क्रममा ४ करोडबाट घटेर ७६ लाखमा अडिएको छ ।

खतिवडा पक्षको त्यस्तो प्रचार लगत्तै गफै त हो सम्धी भन्ने शैलीमा भ्रमपूर्ण प्रचार नगर्न भन्दै नेकपा नुवाकोटकै सांसद केशव पाण्डेले प्रतिवाद गरे । चुरो कुरो नबुझेका पार्टीका कार्यकर्ताले तत्कालका लागि पाण्डेलाइ गाली पनि गरे । जब कुरा बुझ्न थाले त्यसपछि कार्यकर्ता पनि खतिवडा माथि खनिनन पुगे ।

कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न स्थानामा ल्याबहरू स्थापना गरेर सञ्चालनमा ल्याएको छ भने कतिपय स्थानमा निजी ल्याबलाइ पनि काम दिएको छ । कोरोना परीक्षणको ल्याब सरकारी अस्पतामा सञ्चालनका लागि स्वास्थय तथा जनसंख्या मन्त्रालयले अनुमति दिनुपर्ने हुन्छ । सरकारी अस्पतालले सामान खरिद गर्नुपरे त्यसअघि नै मन्त्रालयसँग समन्वय समेत गर्नुपर्ने व्यवस्था छ ।

कोरोनाको त्रासका समयमा नुवाकोट सिटी अस्पतालका लागिमात्र काम गरेको आरोपकै बीचमा सांसद खतिवडाले त्रिशुली अस्पतालमा पिसिआर मेसिन खरिदका लागि रकम दिने घोषणा गरेपछि नुवाकोट तरंगित बनेको हो । हुने काममा कुनै चासो नदिने तर नहुने काममा जनतामा भ्रम छरेको भनेर सांसद खतिवडा विवादनमा तानिएका हुन ।

कसैको इशारामा केपी ओलीको राजिनामा मागेर पाइदैनः सांसद मैनाली

कसैको इशारामा केपी ओलीको राजिनामा मागेर पाइदैनः सांसद मैनाली

Posted by Dainiki दैनिकी on Friday, August 7, 2020

 

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार १३:४८