१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समाज लघुवित्तले आइपिओ निश्कासन गर्ने


२४ साउन, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले बोर्डबाट साउन २१ गते आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति पाएकाे हाे ।


समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ लाख रूपैयाँ बराबरकाे ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत फागुन १६ गते बाेर्डमा निवेदन पेश गरेकाे थियाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार ०८:४५