१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

धादिङकाे गजुरीका एक युवककाे ८ लाख लुटियाे


२३ साउन, धादिङ । धादिङकाे गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका- १४ बस्ने ३१ वर्षीय बिकाश तामाङको ८ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त रकम लुटी गरी फरार भएको बताइएको छ । लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार १२:४२