१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नुवाकोटमा नारायण खतिवडाको नाममा भ्रम छर्न खोजेपछि केशव पाण्डेले प्रतिवाद गरे


२२ साउन, नुवाकोट । नेकपा भित्रको गुटबन्दीको रमिता नुवाकोटमा पनि छरपस्ट देखिएको छ । विभिन्न अवसरका लागि अर्थमन्त्री डा युवराज खतिवडालाइ काकाको नाता लगाउने नेकपा नुवाकोटका सचिव नारायणप्रसाद खतिवडाले बिहीबार नुवाकोटमा पिसिआर मेसिन किन्न बजेट छुट्याएको प्रचार गराए पछि नुवाकोटमा तरंग सिर्जना भएको छ ।

खतिवडाले दोहोरो सुविधा लिइरहेका स्वकीय सचिव यमप्रसाद खतिवडा मार्फत  पिसिआर मेसिन खरिदका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत । चार करोड मध्येबाट जिल्ला अस्पताल नुवाकोटलाई पिसिआर परीक्षण उपकरण एक थान खरिद गर्न आवश्यक पर्ने रकम सिफारिस गर्ने निर्णय भन्दै भ्रम फैलाए ।

खतिवडाले स्वकीय मार्फत भ्रम छरेको थाहा पाउने वित्तिकै नेकपा बागमती प्रदेशका सचेतक केशव पाण्डेले प्रतिवाद गरे । पाण्डेले प्रश्नै प्रश्न गर्दै जिल्ला अस्पताल त्रिशुलीमा प्रदेशको सामाजिक विकास मन्त्रालयले पिसिआर ल्याब स्थापनाका लागि पहिल्यनै निर्णय गरिसकेको स्मरण गराएका छन ।

उनले लेखेका छन ‘कस्ले निर्णय गर्ने, कस्ले र कहिले टेण्डर गर्ने र कहिले आउने रहेछ त्यो  पिसिआर मेसिन ? अनि त्यसको खरिद मूल्य कति लाग्ने रहेछ, संचालन खर्च कति रहेछ रु त्यो पनि जानकारि पाए आभारि हुने थिए । नत्र गफै त हो नी सम्धी ! प्रदेश सामाजिक मन्त्रालयले खरिदको आव्हान गरिसकेको छ र एक हजार जाँच क्षमताको मेसिन ५० लाख भन्दा कम !’

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १९:१५