१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुगुको गमगढीमा


२२ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छाँयानाथ गाँउपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जाल सहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १७:२२