१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना संक्रमितका बिरामीले भरिएको अस्पतालमा आगलागी, ८ जनाको मृत्यु


२२ साउन, नयाँदिल्ली । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी शुरु भएको थियो ।

उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरित गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नु भएको छ । उहाँले पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १४:५६