१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एनएलजी इन्स्योरेन्सको लिलामी शेयर आजबाट खुल्ला


२२ साउन, काठमाडाैँ । एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गर्न लागेकाे अवितरित हकप्रद शेयर आजबाट खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण समूहकाे ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूहकाे ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हाे ।


कम्पनीले गत फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म १० बराबर ६ काे अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेकाे थियाे । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूमा कम्पनीकाे हकप्रद निष्कासनकाे विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएकाे थियाे । त्यसैले आवेदन नपरेकाे बाँकी शेयर लिलामी मार्फत बिक्री गर्न लागेकाे हाे ।

लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयहरु र एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालयमार्फत आवेदन गर्न सक्नेछन्। लिलामी शेयरमा न्यूनतम १ सय रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्। उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १०:४४