११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

प्रचण्डलाई बामदेवकाे जवाफः ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’


२१ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा मंगलबार बिहान भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका गाैतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

गौतमकका तर्फबाट सुवेदीले स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन्ः ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’ । गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् । साउन १३ गते गौतमले ‘पार्टी विग्रह तत्ल रोक्न’ भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार १४:००