१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

संघीयता कार्यान्वयनपछिको सरकारको पहिलो बजेट मन्त्रिपरिषद्बाट स्वीकृत


१५ जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको आयव्ययको अनुमान स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्ययसहित बजेट संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आज आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को आजको दोस्रो बैठकमा टेबुल गर्नुहुनेछ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दै हुनुहुन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १६:१६