१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गायिका सुनिता दुलालले तीजकाे गीत ‘बेसी मेलैमा’ सार्वजनिक


२० साउन, काठमाडौँ ।  गायिका सुनिता दुलालले तीजकाे गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् । मायाप्रेम र समाजको चित्रण गरिएको  यस गीतमा गायिका दुलाललाई स्वरमा खुमन अधिकारीले साथ दिएका छन् । ‘बेसी मेलैमा’ गीतमा युवाहरुलाई मातृभूमिमै बसेर कुटो कोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । युवाहरू विदेश पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच उक्त गीतमा प्रस्तुत गरिएकाे छ ।

नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण वि.क. भान्जाले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेका छन् । भिडियोमा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाललाइपनि  देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव विकले गरेका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १३:१६