१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा उप्रेती, कार्यकारी निर्देशकका लागि सिफारिस समिति गठन


२० साउन, काठमाडाैँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उप्रेतीलाइ अध्यक्षमा नियुक्त गरेको हो । बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले दिएको राजिनामा यसअघिको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

यस्तै बैठकले बोर्डको कार्यकारी निर्देशक छनौटका लागि सिफारिस समिति पनि गठन गरेको छ । जसमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, स्वास्थ्य मन्त्रालयका सचिव  लक्ष्मण अर्याल र डा सुरेश तिवारी रहेका छन । समितिको सिफारिसका आधारमा मन्त्रापरिषद्ले कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ११:२७