११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रदेश १ मा थपिए ५७ कोरोना संक्रमित


१९ साउन, विराटनगर,  । प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला, रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो ।


प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ । प्रदेश १ मा आज ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.मेहताले बताउनुभयो । प्रदेश १ मा हाल सम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १५:२६