८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काठमाडौँकाे कालोपुलमा मोटरसाइकल दुर्घटना, १ जनाकाे मुत्यु


१९ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मुत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको बिहान मुत्यु भएको हो ।

फाइल तस्वीर

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १४:१०