७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रौतहटका वडा अध्यक्ष ठाकुरको मृत्यु, कोरोना संक्रमण आशंका


१९ साउन, रौतहट । इशनाथ नगरपालिका-५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान मुत्यु भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ठाकुरको मुत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिएका छन् ‌।​ स्वासप्रश्वासमा समस्या देखिएपछि मुत्यु भएकाले ठाकुरलाई कोरोना संक्रमणकाे आशंका गरिएको छ।

ठाकुर केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए। रक्तचाप र मधुमेहको समस्या भएका ठाकुरलाइ आइतबार मध्यरातबाट सास फेर्न गाह्राे भएपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो। उपचारका लागि लैजादैँ गर्दा  ठाकुरकाे बाटैमा मुत्यु भएकाे थियाे ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार ११:२५