१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

निर्वाचन क्षेत्रका नागरिकको प्रश्नको जवाफ दिन नसकेपछि भागे गगन थापा (भिडियोसहित)


१८ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापा विभिन्न काण्डले चर्चामा छन । पार्टी भित्र र बाहिर उनको चर्चा भैरहनुलाइ स्वभाविक नै मान्न थालिएको छ । विभिन्न फण्डामा मिडिया प्रयोग गरी सेलीब्रेटी बनेका उनको भाषणकला बाहेक सबै प्रायोजित जस्तो मानिने स्वयं नेपाली कांग्रेसका नेताहरू बताउँछन ।

अप्रत्यक्ष रूपमा विभिन्न आन्दोलन र अनशसनमा समेत मलजल गर्दै आएका थापा आफ्नै निर्वाचन क्षेत्रका केही नागरिकको प्रश्नको जवाफ नदिइ भागेका छन । भागेको यस अर्थमा कि थापा र थपाका सहयोगी कसैले पनि प्रश्न सोध्ने नागरिकको भावना बुझ्न सकेन । आफ्नो नम्बर दिएर कुरा गर्नुस भन्नुको साटो उनीहरूले पटक पटक अनुरोध गर्दा पनि नम्बर नलिइ थाापा र उनीहरूको समूह भागेको हो ।

यो घटना हिन्दूहरूको पवित्र पाशुपत क्षेत्रको हो । पाशुपत क्षेत्रमा पुगेका थापालाइ त्यहाँ दुइ जना युवतीले केही दिनअघिको सामाजिक सञ्जाल ट्वीटको विषयमा प्रश्न राख्छन तर थापा त्यसको जवाफ दिन आवश्यक नठानी कार्यालयमा आउनुन उतै कुरा गरौँला भन्दै हिड्छन । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनले ट्वीटमा यस्तो लेखेका छनः महिलाको गीतबाट धर्म मासिने डर ! महिलाको पहिरनबाट सामाजिक मर्यादा भत्कने डर ! महिलाले सिन्दूर पोते नलगाउँदा पुरुष झुक्किने डर ! यो ‘डर’ सामाजिक रोग हाे । समस्या गीत वा पहिरनमा हैन,डराउनेमा छ त्यसैले उपचार पनि ‘डराउने’ हरूकै गर्नुपर्छ र यस्ता विभेदकारी मानक भत्काउनुपर्छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २१:४३