६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बलिउडका चर्चित अभिनेता अमिताभले २३ दिनपछि जिते कोरोना


१८ साउन, काठमाडाैँ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण जितेका अमिताभ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । मुम्बइकाे नानावति अस्पतालमा २३ दिन उपचार गरेपछि अमिताभ घर फर्कन लागेका हुन् ।

अमिताभका छोरा अभिषेक बच्चनले सो कुराको जानकारी आफ्नो ट्वीटर मार्फत दिएका हुन् । अभिषेकले ट्वीटरमा आज भएको कोरोना परीक्षणमा आफ्ना पिता अमिताभको नतिजा नेगेटिभ आएको र अस्पतालबाट घर फर्केकाे उल्लेख गरेका छन् ।

अमिताभले कोरोना जिते पनि आफू भने अझै संक्रमित रहेको अभिषेकले जनाएका छन् । उनले थप केहि दिन अस्पतालमा रहने तर कोरोना जित्ने आत्मविश्वास पनि व्यक्त गरेका छन् । अभिषेकले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अमिताभ स्वयंले पनि सामाजिक संजालमार्फत आफू काेभिड नेगेटिभ भएर घर फर्किएकाे जानकारी दिएका छन् । यद्धपी घरमा क्वारेन्टिनमा रहनुपर्ने भन्दै शुभकामनाका लागि उनले सबैमा आभार व्यक्त गरेका छन् । बच्चन परिवारमा अमिताभ,अभिषेक,आराध्या,ऐश्वर्यलाई काेराेना संक्रमण भएकाे थियाे ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १८:३४