१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शनिबार काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


१७ साउन, काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना  संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन्।

जसमा काठमाडौँ उपत्यकामा ५ जना र भक्तपुरका १ जना रहेका छन्। नेपालमा शनिबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै देशभर कोरोना संक्रमितको  संख्या २० हजार ८६ पुगेको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १८:००